मेडिकल काउन्सिलको उपाध्यक्ष र सदस्यमा ३५ जनाको उम्मेदवारी

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र सदस्यको निर्वाचन लागि ३५ जना चिकित्सकले उमेदवारी दिएका छन्। 

काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यका लागि हुन लागेको निर्वाचनमा ३५ जनाले उमेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्षको लागि तीन जनाको र सदस्यका लागि ३२ जनाको उमेदवारी परेको छ । डा.शिवजी पौडेल, डा.रामपरीक्षण यादव र डा.प्रमोद कुमार यादवले उपाध्यक्षका लागि नाम दर्ता गराएका छन्।

त्यसैगरी, सदस्यमा डा.अजय सिंह थापा, डा.राजेश यादव, डा.प्रवीण कुमार गिरी, डा.कालु सिंह खत्री, डा.रिता कुमारी महासेठ, डा.प्रकाश पौडेल, डा.तोसिमा कार्की, डा.विना श्रेष्ठ, डा.हुलास अग्रवाल, डा.लक्ष्मी पठान, डा.रमेश कुमार यादव, डा.सुलोचन लोहनी लगायतका चिकित्सकले सदस्यमा उमेदवारी दिएका छन्।

काउन्सिलको २०७८/०८२ सम्मको कार्यकालका लागि एक जना उपाध्यक्ष पद तथा आठ जना सदस्य पदका लागि आगामी मंसिर ३ र ४ गते उपत्यका बाहिर तथा मंसिर १० र ११ गते काठमाडौं उपत्यकाभित्र हुने निर्वाचन प्रयोजनका लागि नेपाल मेडिकल काउन्सिल, निर्वाचन समिति २०७८ ले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।

निर्वाचन कार्यतालिका अनुसार २०७८ कार्तिक १ र २ गते उम्मेदवार मनोनयन दर्ता भएको छ । त्यसमाथि कार्तिक ३ गते अपरान्ह साढे ४सम्म दाबीविरोध गर्न सकिनेछ।
 





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १०:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया