हुम्लाको नाम्खामा फसे चार विदेशी, उद्दार हुन सकेन

हुम्लाको नाम्खा गाउँपालिकाको हिल्सा र लिमीमा पदयात्रामा आएका चार विदेशी फसेका छन् । स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका हुन् । 

तर, उनीहरुको उद्दार हुन सकेको छैन ।

आइतबार रातिबाट परेको बाक्लो हिमपातका कारण बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिमा फसेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिएका छन् ।

असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो । आइतबारबाट परेको बाक्लो हिमपातको कारण न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिनुपरेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताइन् ।

उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १०:३७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया