आफ्नो स्वास्थ्यबारे भएको प्रचारबाजीकाे पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शय्याबाटै आफ्नो स्वास्थ अवस्थाबारे सामाजिक सञ्जाल र केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट भएको आधारहीन प्रचारबाजीबाट प्रभावित नहुन आग्रह गरेका छन् । 

मंगलबार एक वक्तव्य जारी गर्दै उनले सोमबार बिहान ४ बजेबाट मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको जानकारी दिएका छन् । त्यस्तै, उनले आफ्नो स्वास्थप्रति देखाएको चिन्ता र सुस्वास्थ्यको कामनाप्रति सबैलाई धन्यवाद दिएका छन् । 

अस्पतालमा हुँदा देशमा घटेका अनपेक्षित घटनाप्रति संवेदनशील रहेकोसमेत उनले जानकारी गराएका छन् ।

‘मुलुकका केही भागमा घटेको अनपेक्षित घटनाप्रति म संवेदनशील छु । धर्म, संस्कृतिको नाममा होस् या दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने खालको कुनै पनि दुष्कर्म मान्य हुन सक्दैन,’ उनले जारी गरेको वक्तव्यमा उल्लेख छ । 

चिकित्सकले दिएको जानकारीअनुसार उनी छिट्टै अस्पतालबाट फर्कने पनि वक्तव्यमा उल्लेख छ । ‘चिकित्सकले मलाई दिएको जानकारीअनुसार म छिट्टै अस्पतालबाट फर्कनेछु । र, तपाईं–हामीले देखेको समृद्ध नेपालको साझा सपना पूरा गर्ने कामको नेतृत्व गर्नेछु,’ वक्तव्यमार्फत उनले भनेका छन् । 

वक्तव्यमा उनले भनेका छन्, ‘अपराध कर्ममा संलग्न हुने, अपराधका घटनासँग सम्बन्धित प्रमाणहरू नष्ट गर्ने, अपराधीको बचाउ गर्ने र अनुसन्धानमा बाधा अवरोध खडा गर्ने जोसुकैलाई पनि सरकारले कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्छ ।’




 



  • प्रकाशित मिति : कात्तिक १३, २०७५ मंगलबार १९:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया