यशराज गराचसँग पिरती बसेपछि फर्किएकी आशा

पुरानो चलचित्र ‘जन्म जन्म’को चर्चित गीत ‘पिरती बस्यो पुनः रेकर्ड भएर बजारमा आएको छ । साधना सरगमले गाएको यो गीत पुनः रेकर्डका क्रममा गायिका अन्जु पन्तले गाएकी छिन् । संगीत र संगीत संयोजन भने पुरानै छ ।

निर्देशक शितल नेपालले लेखेको गीतमा शुभबहाद्र सुनामले संगीत गरेका हुन् । गीतमा संगीत संयोजन महाराज थापाकाे रहेकाे छ ।

गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ । म्युजिक भिडियोमा यशराज गराचका साथमा अभिनेत्री आशा पौडेलले अभिनय गरेकी छन् । म्युजिक भिडियोमार्फत् आशा एक दशकपछि अभिनयमा फकिएकी हुन् ।

नेपाली फिल्ममा अभिनय गर्दा गर्दै आशा घरजम गरेर भारत पुगेकी थिइन । त्यसपछि उनी सन्तानको लालनपालन तथा पारिवारिक माहोलमा हराइन् । अहिले सन्तान पनि हुर्किएका र आफ्नो पारिवारिक जिम्मेवारी पनि कम भएकाले पुनः अभिनयमा फर्किएको आशाले बताएकी छन् ।

केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियो सौरभ लामाले खिचेका हुन् भने भिडियो सम्पादन दिनशन शाहले गरेका हुन् ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १३:५६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया