२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

भ्रष्टाचार गरेको भन्दै खानेपानीका हाकिमलाई कालोमोसो दलेर नगर परिक्रमा

भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश कुशवाहालाई कालोमोसो दलेर नगर परिक्रमा गराइएको छ । डा. सिके राउतको पार्टी जनमत पार्टीका कार्यकर्ताले प्रमुख कुशवाहालाई कालोमोसो र हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका हुन् । 

जनमत पार्टीले जनकपुर उपमहानगरपालिका मेयरलाई कालोमोसो र हिलो दलेर नगर परिक्रमा गराउने कार्यक्रम राखेको थियो । तर, नगरप्रमुख भागेपछि खानेपानी कार्यालयका प्रमुखलाई नगर परिक्रमा गराएका हुन् । सोही क्रममा प्रहरीले एक दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छ । 



जनमत पार्टीका केन्द्रीय सदस्य विपी शाहले खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले जनकारवाही गरिएको बताए । तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि आफूहरू कारवाहीका लागि उत्रिएको उनकाे भनाइ छ ।

भ्रष्टाचारी र अत्याचारीका नाइकेहरू सप्तरी, धनुषा तथा सर्लाही लगायतका जिल्लातिर नै घुमिरहेको भन्दै उनले सबैलाई यसरी नै कारवाही गरिने बताए । 



जनमत पार्टीले त्यस्ता भ्रष्टाचारीलाई जहाँ पायो त्यहीं समातेर नगरपालिकाको ढल, बाढी, हिलो र कटानमा हिँड्न लगाइने समेत उनले बताए । 

 



  • प्रकाशित मिति : ४ कात्तिक, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया