सानिमा बैंकका सिइओ दाहालको तलब एक करोड ८४ लाख

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको वार्षिक तलब भत्ता एक वर्षमा ४६ लाख रुपैयाँले वृद्धि भएको छ । 

गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतको तलब एक करोड ८४ लाख १५ हजार रुपैयाँ पुगेको जनाएको हो ।

यो बैंंकले वितरण गर्ने बोनस बाहेकको रकम हो । बैंकले आगामी कात्तिक २४ गते हुन लागेको वार्षिक साधारण सभामा नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत हुन आउने एक अर्ब ६४ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव लगिँदैछ ।

यसबाहेक नगद लाभांशवापत् ८ करोड ६६ लाख रुपैयाँ वितरण गर्दैछ । बैंकले गत वर्ष २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

यसअघि अघिल्लो आर्थिक बर्ष २०७६/०७७ मा उनले तलब, भत्ता र अन्य सुविधाहरू गरेर एक करोड ४६ लाख रुपैयाँ बुझेका थिए ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १५:१३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया