मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ ।
हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीवार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो एज ११० सार्वजनिक गरेको हो ।
नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रूपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटिसहित प्राविधिक रूपमा उन्नत सुविधाहरू उपलब्ध गराउने तथा यसमा टर्न-बाइ-टर्न नेभिगेसन भएकाले सवारी चलाएर अगाडि बढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्टसमेत प्रदान गर्ने जनाइएको छ ।
रातो र नीलो रंगमा स्कुटर आउने बताइएको छ । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडका अध्यक्ष अभिक ज्योतिले नयाँ फिचरसहितको यसप्रकारको स्कुटरलाई युवा वर्गका उपभोक्ताले रुचाउने अपेक्षा लिएको बताए ।
माएस्ट्रो एज ११० को मूल्य २ लाख १५ हजार रुपैयाँ रहेको बताइएको छ । यसमा आई थ्रि एस स्टार्ट स्टप सिस्टमले इनधन बचत गर्न मद्दत गर्ने तथा बाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी माएस्ट्रो एज ११० बि एस फोर अनुरूपको ११० सिसी इन्जिनद्वारा सञ्चालित रहेको र ७५०० आरपिएममा ८ बिएचपीको ऊर्जा प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।