बागमती प्रदेश सभा सुरु

आज दिउँसो १ बजे सुरु हुने भनिएको प्रदेश सभाको बैठक ४ बजे पछि मात्रै सुरु भएको छ । 

आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसुची सार्वजनिक भईसकेको छ । 

अहिले प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले २ महिनामा गरेको कामहरु सुनाइरहेकी छिन् । 

प्रदेश सभाको बैठकमा बोल्दै उनले प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको स्थापाना कालमा संरचना निर्माण, नीति निर्माण लगायतको काममा महत्वपूर्ण काम गरेको बताएकी छिन् । 

आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्र,  सुशासन, वित्तिय सुशासनको महत्वपूर्ण  कामहरु गरेको बताइन् । उनले १३ वटै जिल्लामा पिसिआर र अक्सिजन प्लान्ट स्थापाना गरेर कोभिड १९ सँग लडिरहेको बताएकी छन् ।  प्रदेश सभाको बैठकमा उनले अहिले पनि आफुले गरेको बजेट कार्यान्वयनको विषय भएका प्रगती सुनाइरहेकी छन् ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १६:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया