थप ५४५ जनामा काेराेना संक्रमण, ८ मृत्यु

नेपालमा थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ५४५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

पछिल्लो २४ घण्टामा ८ हजार ५४९ जनाको कोरोना परीक्षण गरिएकाे थियाे ।

यसैगरी पछिल्लाे २४ घन्टामा थप ८ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या ११ हजार ३२६ पुगेको छ।

नेपालमा हाल ११ हजार ३१५ जना सक्रिय संक्रमित छन् । पछिल्लाे २४ घन्टामा थप ७२६ जना संक्रमणमुक्त भएका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १७:२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया