बाग्मतीको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता पाण्डेको नाम प्रस्ताव

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पाण्डेको नाम मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन् । 

प्रदेशसभामा अहिले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथिको छलफल चलिरहेको छ । सो क्रममा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी समेतको गठबन्धनबाट पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको उनले जानकारी दिए ।

उनले भने,‘हामीले गठबन्धनका तर्फबाट वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने निर्णय गरेका छौँ ।’

यसअघि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच पालैपालो आधा–आधा समय बाग्मती प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १७:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया