ओलीले अष्टलक्ष्मी र मलाई भिडाएर पौडेललाई मुख्यमन्त्री बनाए : राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशमा गठबन्धनबाट मुख्यमन्त्रीमा एक मात्र उम्मेदवार रहेको बताएका छन् ।  

आफूलाई मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाको साथ रहेको दाबी पनि गरेका छन् । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेपछिको सम्बोधनका क्रममा उनले  आफूलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने गठबन्धनभित्रका दललाई धन्यवाद पनि दिएका छन् । 

अष्टलक्ष्मी शाक्यले दुई महिनाअघि बोलेको प्रसंग निकाल्दै पाण्डेले भने, ‘आजको अवस्थामा म राजेन्द्र पाण्डे मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य विरुद्ध उभिनुपर्ने दिन केपी ओलीकै कारणले आएको हो ।’

ओलीले आफू र अष्टलक्ष्मी दुईजनालाई भिडाएर डोरमणि पौडेललाई मुख्यमन्त्री बनाएको स्मरण गराउँदै उनले भने, ‘हिजो डोरमणि पौडेल र केपी ओलीविरुद्ध सँगै लड्यौँ, अहिले डोरमणि पौडेलको कामको फेहरिस्त सुनाउँदा अनौठो लागेको छ ।’





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १७:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया