‘रिफ्रेस’ हुन पत्नीसहित सुटुक्क सुकुटे पुगे प्रचण्ड
तस्बिर : भाेटेकाेशी बिच रिसाेर्ट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सुटुक्क सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। 

पूर्वप्रधानमन्त्री दाहाल ‘रिफ्रेस’ हुन पत्नी सीता दाहाल र पार्टीका केही नेतासहित त्यहाँ पुगेका हुन् । दिउँसो ४ बजे सुकुटे पुगेका उनले त्यहाँ पुगेर र्याफ्टिङ समेत गरे।

प्रचण्ड सिन्धुपाल्चोकका तीनजना माओवादी नेतासँगै सुकुटे पुगेका हुन् । माओवादी केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सापकोटा, माधव सापकोटा र वाइसिएल पूर्वअध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ सो भ्रमणमा सहभागी छन् । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार २१:५४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया