बाढीका कारण जुम्लाको एउटा विद्यालयमा १ करोड ६६ लाख ३५ हजार बराबरको क्षति भएकाे छ ।
जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित हाँकुमा रहेको नेत्रज्योति माध्यमिक विद्यालयमा बाढी आउँदा १ करोड ६६ लाख ३५ हजार बराबरको क्षति भएकाे हाे ।
विद्यालयमा बाढीले क्षति पुर्याउँदा विद्यालयको पठनपाठनसमेत अवरुद्ध भएको विद्यालयका प्रधानाध्यापक जाज्वाल्यराज न्यौपाने बताए । ‘विद्यालय असोज ३० गतेदेखि सञ्चालनमा आएको थियो,’ उनले भने,‘कार्तिक १ गतेको बाढीले विद्यालय बगायो । विद्यालय बगर बन्यो । पठनपाठन सञ्चालन गर्न कठिन छ ।’
अहिले विद्यालयमा अध्ययनरत ६९४ विद्यार्थी अलपत्र छन् । विद्यालयको ६५० वर्गमिटर घेरबारको कुनै निसाना छैन ।
नमुना विद्यालयका बनाउनका लागि १ करोड ५० लाख रुपैयाँमा दुई पक्की भवन निर्माण हुँदै थिए। नयाँ बन्न लागेका भवनमा समेत क्षति पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।