राष्ट्रिय महिला लिग छनोट : बाँसगढी नगरपालिकाको एकतर्फी जित

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा बाँसगढी नगरपालिकाले  विजयी सुरुवात गरेको छ ।

बाँसगढीले एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको पहिलो खेलमा भक्तपुर नगरपालिकामाथि १२-० को फराकिलोे जित दर्ता गरेको हो । 

बाँसगढीको एकतर्फी जितमा अमिशा कार्कीले ७, मनिका धर्तीमगरले २ तथा रेनुका हमाल, दुर्गा कुमारी चौधरी र तुलसी योगीले १-१ गोल गरे ।
  
अमिशाले २४,२५,२८,५१,५८,७९औं मिनेट र थप गरिएको समयमा गोल गर्दा मनिकाले दोस्रो र २३ औं मिनेटमा गोल गरिन् ।
 
रेनुकाले ५५औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दा दुर्गाले ८६ र तुलसीले ९०औं मिनेटमा गोल गरे। 
 
छनोट प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । 

प्रतियोगिताको फाइनल पुग्ने टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १२:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया