मण्डला नाटकघरमा ‘जिजीविषा’

कोरोना महामारीका कारण लामो समय सुनसान रहेको मण्डला थिएटरले नाटक मञ्चन गर्ने भएको छ । अनामनगरस्थित मण्डला नाटकघरमा ‘जिजीविषा’ नाटक मञ्चन हुने भएको हो । 

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गर्दै यही कार्तिक ८ र ९ गते नाटक मञ्चन हुने रंगकर्मी सोमनाथ खनालले जानकारी दिएका छन् ।

नाटकमा माछाको कथा मञ्चन हुनेछ । नाटकमा माछाले बाँच्नका लागि गर्ने हर संघर्ष प्रस्तुत गर्ने खनालले बताए । खनाल भन्छन्, ‘कोरोनाका कारण मानव जातिले भोगिरहेको यो संकटको समयमा माछाको यात्रामार्फत् मानिसको कथालाई जोड्ने जमर्को गरेका छौं । माछाले बाँच्नका लागि संकटको समयमा गर्ने सामना, यात्रा र उसको जिजीविषालाई नाटमा देखाइनेछ ।’

एक दिनमा जम्मा ८० जनालाई नाटक देखाइने खनालले जानकारी दिए । रंगकर्मी खनालको लेखन रहेको यो नाटक राजन खतिवडाले निर्देशन गर्नेछन् ।
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १२:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया