गत २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
साढे ९ हजारमा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ८ लाख ८ हजार ९६ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।
मन्त्रालयका अनुसार आज ९३२ जना डिस्चार्ज भएका छन् । योसहित ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।