इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका विकास च्यासलमा अनुबन्ध

इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा स्ट्राइकर विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।

शुक्रबार विकास र च्यासलबीच १ वर्षको सम्झौता भएको हो । उनी मङ्गलबार नेपाल आएका थिए । १४ टोलीको सहभगिता रहने नेपालको शीर्ष लिग सहिद स्मारक ‘ए’ डिभिजन कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

च्यासलले विदेशी खेलाडीको रूपमा विकासलाई अनुबन्ध गरेको जनाएको छ । च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् । इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास त्यहाँको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन् ।

उनले भेनेजियाको युवा तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलेको अनुभव बटुली सकेका छन् । सन् २००८ मा ६ वर्षको उमेरमा नेपालबाट इटाली पुगेका विकास १३ वर्षपछि नेपाल आएका हुन् । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १७:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया