प्रदेश २ का इन्जिनियरहरू आन्दोलित

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि प्रदेश २ का इन्जिनियरहरु आन्दोलित भएका छन् ।

राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु कार्यालयमा प्रवेश गरेर तोडफोड गर्दै निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न बनाई नगरपरिक्रमा गराएपछि पेशागत हकहित संरक्षणको माग गर्दै इन्जिनियरहरु आन्दोलित भएका हुन् ।


नेपाल इन्जिनियर्स एशोसएसन प्रदेश–२ मा आवद्ध इन्जिनियरहरु जुलुश निकालेर जनमत पार्टीका अध्यक्ष सिके राउतबिरुद्ध चर्को नाराबाजी गरेका थिए ।

इन्जिनियरहरुले पीडित इन्जिनियरलाई न्याय दे, सिके राउतलाई कारबाही गर, इन्जिनियर सुरक्षाको ग्यारेण्टी गर, सिके राउतको इन्जिनियरिङ्ग दर्ता खारेज गर लगायतका नाराहरु लगाएका थिए ।

इन्जिनियरहरुको सो जुलुश नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सिके राउतमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । 

जनमत पार्टीका कार्यकर्ताहरुले एक कर्मचारीलाई अर्धनग्न बनाएर सार्वजनिक रुपमा नगर घुमाउनु कानुनी राज्यको उपहास रहेको भन्दै प्रजिअ बन्धुप्रसाद बास्तोलाई ज्ञापन पत्र बुझाएका हुन् ।



पेशागत रूपमा एक इन्जिनियर समेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले इन्जिनियरिङ्ग पेशाको गरिमा र मर्यादा हनन गरेकोले उनको नेपाल इन्जिनिरिङ्ग परिषदको दर्ता प्रमाणपत्र समेत तत्काल खारेज गर्न नेपाल इन्जिनियरिङ्ग परिषदसँग माग गरेका छन् ।



  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १८:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया