शिवसताक्षी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको दोस्रो खेलमा जानकी नगरपालिकालाई ४–० ले हराउँदै शिवसताक्षीले विजयी सुरुवात गरेको हो ।
उसको जितमा विष्णु साम्बाहाम्फेले २, विष्णु माया सावा र शर्मिला राईले १/१ गोल गरे । छनोटअन्तर्गत शुक्रबार नै भएको खेलमा बाँसगढी नगरपालिकाले भक्तपुर नगरपालिकालाई १२–० गोल अन्तरले हराउँदै सुखद सुरुवात गरेको थियो ।
छनोट प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको फाइनल पुग्ने टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।