लोसपा निकट विद्यार्थीले बुझाए मन्त्रीलाई धानको बाला

लोकतान्त्रिक समाजवादी विद्यार्थी संघले प्रदेश सरकार किसानहरुको पीडामा उदासिन रहेको भन्दै बिरोधस्वरुप मन्त्रीलाई धानको बाला बुझाएका छन् । 

लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ धनुषाका अध्यक्ष रितेशकुमार यादवको अगुवाईमा गएको विद्यार्थी नेताहरुको टोलीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवलाई बिरोधस्वरुप धानको बाला बुझाएका हुन् । 

कार्तिक १ र २ गते भएको बेमौसमी वर्षाका कारण किसानले धान भित्र्याउन नपाउँदै पीडामा परेपनि प्रदेश सरकार उदासिन बनेकाले किसानहरुको तर्फबाट बिरोधस्वरुप धानको बाला बुझाइएको लोसपाका विद्यार्थी नेता रोशन मिश्रले जानकारी दिए ।

विद्यार्थी नेताहरुले धानको बाला बुझाउनुका साथै मन्त्री यादवलाई किसानहरुलाई अविलम्ब राहत उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् । प्रदेश सरकारले किसानहरुको माग सम्बोधन नगरे आफूहरु आन्दोलनमा उत्रने उनले चेतावनी समेत दिए ।  

ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले पीडित किसानहरुको लगत संकलन गर्ने कार्य भईरहेकोले चाँडै राहत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १८:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया