आयरल्याण्डलाई हराउँदै नामिबिया टी-२० विश्वकपको दोस्रो चरणमा

युएई र ओमानमा जारी आइसिसी पुरुष टी–२० विश्वकपमा नामिबियाले लगातार दोस्रो जित निकालेको छ । ​नामिबियाले पहिलो चरणको समूह ‘ए’ अन्तर्गत शुक्रबार भएकोे आफ्नो अन्तिम  खेलमा आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको हो ।

यो जितसँगै पहिलोपटक आइसिसी टी–२० विश्वकपमा सहभागिता जनाएको नामिबियाले सुपर १२ को यात्रा तय गरेको छ । आयरल्यान्डले दिएको १२६ रनको सामान्य लक्ष्य नामिबियाले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नामिबियालाई ऐतिहासिक सफलता दिलाउने क्रमममा कप्तान गेरहार्ड इरास्मस अर्धशतकिय पारी खेले । ४९ बलको सामना गरेका उनी ३ चौका र १ छक्काको मद्दतले ५३ रनमा अविजित रहे ।

डेविड विसेले अविजित २८ रनको योगदान दिँदा जेन ग्रीनले २४ र क्रेग विलियम्सले १५ रन बनाए । आयरल्यान्डका लागि दुवै विकेट कर्टिस क्याम्फरले हात पारे । 

यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।

आयरल्यान्डका लागि पल स्ट्रर्लिङले सर्वाधिक ३८, केभिन ओ ब्रायनले २५ र कप्तान एन्डी बलब्रिनीले २१ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।



नामिबियाका जान फ्राइलिन्क ३, डेविड विसेले २, बर्नार्ड स्कोल्ट्ज र जजे स्मितले १/१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यो नतिजासँगै नामिबियाले ३ खेलमा ४ अङ्क जोड्दै सुपर १२ मा स्थान पक्का गर्दा समान खेलबाट २ अङ्क जोडेको आयरल्यान्ड भने प्रतियोगिताबाट बहिरिएको छ । 



  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १९:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया