तालिबानले सन् २०११ मा काबुलमा भएको पाँचतारे इन्टरकन्टिनेन्टल होटलमा भएको आत्मघाती हमलाकारीका परिवारलाई पैसा र उपहार बाँडेको छ ।
सो आक्रमणको ९ वर्षपछि तालिबानले सोही होटलमा बोलाएर आक्रमणकारीका परिवारलाई पुरस्कृत गरेको हो ।
हक्कानी नेटवर्कका प्रमुख तथा अफगानिस्तानका गृहमन्त्री सिराजुद्दिन हक्कानीले सो समारोहमा भाग लिए ।
उनले आत्मघाती हमलाकारीको प्रशंसा गर्दै भने, ‘उनीहरु देशका र हाम्रा हिरो हुन् ।’
तालिबानले आक्रमणकारीका परिवारलाई १० हजार अफगानी रुपैयाँका साथै एक प्लट दिने बाचा गरेको थियो ।
तालिबान युद्ध रणनीतिमा आत्मघाती हमला गर्ने पहिलो र एकमात्र समूह होइन । जापानसहित संसारका विभिन्न देशका सैन्य र चरमपन्थी समूहले दुश्मन शक्तिविरुद्ध आत्मघाती हमलाको सहारा लिएको पाइन्छ ।
यद्यपि तालिबानले खुला रुपमा आत्मघाती हमलाकारीको प्रोत्साहन गरेको हो । यस विषयलाई लिएर धेरै मानिसले आक्रोश व्यक्त गरेका छन् ।
सो आत्मघाती हमलामा धेरैजसो अफगान नागरिक मारिएका कारण पनि अफगानी यसबाट रुष्ट भएका छन् ।
तालिबानले आत्मघाती हमलाकारीलाई ‘राष्ट्रको हिरो’ भन्दै सम्मान गर्न कार्यक्रम आयोजना गरेको होटनमा नै विगतमा दुई पटक गरेको आत्मघाती हमलामा दर्जनौं अफगानी नागरिकले ज्यान गुमाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।