ढाड दुख्ने समस्याबाट छुटकारा पाउन ९ उपाय

एजेन्सी— आजभोलि धेरै मानिसहरु आफ्नो ढाड दुखेको गुनासो गर्छन् । हुन पनि हाम्रो जीवनशैलीका कारण यो समस्या निकै बढेको छ । अझ बच्चाहरुमा र किशोरहरुमा यो समस्या बढ्दै गएको अध्ययनहरुले देखाएका छन् ।

यस्तो किन भने हाम्रो जीवनशैली अहिले स्वस्थ छैन । झन्, केही समयअघि मात्र गरिएको एक अध्ययनले धूमपान, मदिरा सेवन र ढाड दुख्ने समस्याबीच सम्बन्ध रहेको निष्कर्ष निकालेको छ । जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित एक रिपोर्टका अनुसार ढाड दुख्ने समस्याबाट पीडित किशोर–किशोरी मदिरा सेवन तथा धूमपानको लतमा फस्छन् र उनीहरु डिप्रेसनको शिकार पनि हुन्छन् । 

तर, यो समस्याबाट मुक्ति पाउन समाधान नभएका होइनन् । क्युआइ स्पाइन क्लिनिकले ९ तरिका बताएको छ जसले हामीलाई ढाड दुख्ने समस्याबाट मुक्ति दिन्छः

 

बच्चाहरु तथा किशोरहरुलाई एकै ठाउँमा बस्नका लागि बाध्य बनाउनु हुँदैन । हलचल गर्नु वा घुमफिर गर्नु सबैभन्दा राम्रो उपाय हो जसले भविष्यमा ढाड दुखाउने समस्या निम्त्याउँदैन ।

 



घरमा बाबुआमा भनेका बच्चाहरुका लागि आदर्श हुन् । त्यसैले बाबुआमाले त्यस्तो जीवनशैलीको अनुसरण गर्नु हुँदैन जसले बच्चाहरुमा नकारात्मक असर परोस् ।

 



सधैं सिधा बस्ने सल्लाह दिनुहोस् र आफू पनि सिधा नै बस्नुहोस् । अनि पछाडि बोक्ने झोला गह्रौँ छ भने त्यसलाई जतिसक्दो हलुका बनाउने प्रयास गर्नुहोस् ।

 

ढाड दुख्ने समस्याकै कारण निद्रा आइरहेको छैन भने यसले दैनिक गतिविधिमा ठूलो असर पार्छ । त्यसैले समयमा नै चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । 

 

खेलकुदमा सहभागी हुँदा चोटपटक लागेको छ भने त्यसलाई समयमा नै उपचार गर्ने र त्यसले भविष्यमा केकस्तो असर पार्छ भन्नेबारे सचेत हुनुहोस् । 

 

साइकल वा स्कुटर चलाउँदा अत्यन्त लामो समय लगातार चलाउने कुरालाई निरुत्साहित गर्नुहोस् । यस्ता साधन चलाउँदा आवश्यक गियरहरु लगाउन नर्बिसिनुहोस्  ।

 

गाडी चलाउँदा आफूले मात्र होइन, अन्य सवारलाई पनि सिट बेल्ट लगाएको कुरा सुनिश्चित गर्नुहोस् । 

 

कम्मर दुख्न कम होस् भन्नका लागि पेटी लगाउने वा पटुकाजस्तो केही बाँधेर मात्र लामो समय उभिएर गर्नु पर्ने कामहरु गर्नुहोस् ।

  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार ११:३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया