एजेन्सी– हामीमध्ये धेरैले हाम्रो नङको रङ फेरिएको विषयमा खासै वास्ता गरिरहेका हुँदैनौँ । तर, यसबारे हामीले धेरै सुनेका पनि हुनसक्छौँ । के चाहिँ साँचो हो भने हाम्रो नङको रङले पनि हाम्रो स्वास्थ्यबारे धेरै खुलासा गरेको हुन्छ ।
यदि हाम्रो नङको रङ बदलिँदै छ र पहिलेको तुलनामा निकै पहेँलो हुँदै गएको छ भने यसले हाम्रो शरीरमा रगतको कमी हुँदै गएको जनाउँछ । यसको अर्थ हामीलाई एनिमिया भएको हुनसक्छ । वा यही कुरा हाम्रो मिर्गौला वा कलेजो खराब भएको संकेत पनि हुनसक्छ ।
अर्कोतिर हाम्रो नङको रंग सेतो हुँदै गएको छ भने हाम्रो कलेजोमा समस्या हुनसक्ने संकेत त्यसले गरेको हुन्छ । हामीलाई थायराइड हुँदै छ भने हाम्रो नङको रङ कालो हुँदै जाने सम्भावना बढी हुन्छ । नङ नीलो हुँदै गएको छ भने हाम्रो शरीरमा आवश्यक अक्सिजन पुगिरहेको हुँदैन ।
त्यसैले हाम्रो नङमा सामान्यभन्दा पनि अलिक नोटिसेबल परिवर्तन देखिँदै गएको छ भने हामीले तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।