आर्सनलकाे जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित हासिल गरेकाे छ ।

शुक्रबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३-१ ले पराजित गरेको हो ।

खेलकाे २३औं मिनेटमा थोमस पार्टीले गाेल गरी आर्सनललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा गाेल गर्दै पायरिक एमरिकले अग्रता दाेब्बर बनाए । खेलकाे ५६ औं मिनेटमा स्मिथ रोवले गोल गरी अग्रता ३-० ले अगाढि बढाए ।

८२ औं मिनेटमा ज्याकोब राम्सीले आर्सनलविरुद्ध एक गोल फर्काए । 

खेलमा जित हासिल गरेसँगै ९ खेलबाट १४ अंकसहित आर्सनल नवौं स्थानमा छ । १० अंकसहित एस्टन भिल्ला १३ औं स्थानमा छ ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार ७:८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया