चोटका कारण हालान्ड केही समय मैदान बाहिर

जर्मन क्लब बोरुसिया डर्टमन्डका नर्वेली स्ट्राइकर एर्लिङ हालान्ड केही साता मैदान बाहिर रहने भएका छन् ।

डर्टमन्डले हालान्ड चोटका कारण हालान्ड केही साताका लागि मैदान बाहिर रहने बताएको छ ।

हालान्डको च्याम्पियन्स लिग अन्तर्गत आयाक्स विरुद्धको खेलमा मांसपेशीमा समस्या देखिएको थियो। 

हालान्डले जर्मन बुन्डेस लिग अन्तर्गत शनिबार हुने अर्मिनिया बिलिफिल्डविरुद्धको खेल गुमाउने पक्का भइसकेकाे छ। 

हालान्डले च्याम्पियन्स लिग अन्तर्गत नाेभेम्बर ३ मा हुने आयक्स तथा विश्वकप छनोट अन्तर्गत नोभेम्बर १३ मा हुने ल्याटभिया र नाेभेम्बर १६ मा नेदरल्यान्डविरुद्धको खेल पनि गुमाउन सक्ने सम्भावना छ ।  

२१ वर्षीय हालान्डले सामाजिक संजालबाट आफू बलियो भएर फर्किने बताएका छन् । उनले यस सिजन सबैखाले प्रतियोगिताको १० खेलमा १३ गोल गरिसकेका छन् ।
 





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार ७:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया