टि-२० विश्वकप : सुपर १२ का खेल आजबाट

आइसिसी टि-२० पुरुष विश्वकप अन्तर्गत शनिबारबाट सुपर १२ का खेलहरू सुरु हुँदैछन् ।

सुपर १२ अन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा सुरु हुनेछ ।

दुवै टोली आजको खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा हुनेछन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति पौने ८ बाट सुरु हुने आजको दोस्रो खेलमा साबिक विजेता वेस्ट इन्डिजले साबिक उपविजेता इंग्ल्यान्डको सामना गर्नेछ ।

वेस्टइन्डिज आज पनि अघिल्लो फाइनलको जितलाई निरन्तरता दिने सोचमा हुने छ । इंग्ल्यान्ड फाइनलमा बेहोरेको हारको बदला लिँदै सुखद् सुरुवात गर्ने प्रयासमा हुनेछ ।



सुपर १२ को समूह ‘ए’मा अस्ट्रेलिया, इंग्ल्यान्ड,वेस्ट इन्डिज, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका छन् । 

समूह ‘बी’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड र नामिबिया छन् ।
प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । 



  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार ८:२५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया