अस्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका : ‘प्लेयर्स टु वाच’

आइसिसी पुरुष टि-२० विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा शनिबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दैछन् ।

खेल अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ। 

दुवै टोली आजको खेलमा जित हात पार्दै प्रतियोगिताकाे सुखद सुरुवात गर्न चाहन्छन् ।
 
यी दुई हालसम्म २१ टि-२० अन्तर्राष्ट्रियमा एक अर्काको सामना गरेका छन् । जसमा अस्ट्रेलिया १३ र दक्षिण अफ्रिाका ८ खेलमा विजयी भएका छन् ।

यी दुईले पहिलोपटक सन् २००७ मा टि-२० अन्तर्राष्ट्रियमा एक अर्काको सामना गरेका थिए । यो खेल अस्ट्रेलियाले ९५ रनले आफ्नो पक्षमा परेको थियो । 

सन् २०२० मा भएको अन्तिम भेटमा पनि अस्ट्रेलिया ९७ रनले विजयी भएको थियो ।

टि-२० विश्वकपमा भने यी दुई हालसम्म मात्र एक खेलमा आमनेसामने भएका छन् । सन् २०१२ मा भएको यो खलमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको थियो ।



अस्ट्रेलिया आज पनि दक्षिण अफ्रिका विरुद्धको आफ्नो लयलाई कायम राख्दै जित निकाल्ने सोचमा हुनेछ ।

दक्षिण अफ्रिका पनि इतिहास भुलाउँदै अस्ट्रेलियालाई स्तब्ध पार्दै प्रतियोगिताको सुखद् सुरुवात गर्न चाहान्छ । 



‘प्लेयर्स टु वाच’

स्टिभ स्मिथ (अस्ट्रेलिया)

स्मिथले पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले न्युजिल्यान्ड विरुद्धको पहिलो अभ्यास खेलमा ३० बलको सामना गर्दै ३ चौका सहित ३५ बनाएका थिए ।

स्मिथले भारत विरुद्धको दोस्रो अभ्यास खेलमा ४८ बलको सामना गर्दै ७ चौका सहित ५७ रन प्रहार गरेका थिए ।

सुरुवातमा केही सुस्त देखिए पनि स्मिथ टोलीको परिस्थित अनुसार ब्याटिङ गर्ने क्षमता राख्छन् । उनी दक्षिण अफ्रिकाका लागि घातक बन्न सक्ने खेलाडी हुन् । 

रास्सी भान डेर डुसेन (दक्षिण अफ्रिका)

आक्रमक ब्याटरका रूपमा परिचित डुसेन पछिल्ला २ खेलमा गजबको लयमा देखिएका छन् । उनले अफगानिस्ताविरुद्धको पहिलो अभ्यास खेलमा १७ बलमा १ चौकाको मद्दतले २१ रन प्रहार गरेका थिए ।

डुसेलले पाकिस्तान विरुद्धको दोस्रो अभ्यास खेलमा  ५१ बलको समान गर्दै १० चौका र ४छक्का सहित अविजित १०१ रनको आक्रमक पारी खेले । उनी अस्ट्रेलियन बलरका लागि पनि टाउको दुखाइको विषय बन्न सक्छन् ।  

  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १०:२८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया