सुरु भयो विराटनगर विमानस्थलबाट उडान

बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज विहानदेखि सन्चालनमा आएको छ । 

विमानस्थलभित्र र रनवेमा पसेको बाढी पन्छाएपछि त्यहाँका उपकरणहरुको परीक्षण गरेपछि विमानस्थल सन्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थल मौसम सफा भएको अवस्थामा सन्चालन ल्याउन अनुमति दिएको छ । 

त्यसैले पनि आज विहानदेखि विराटनगर विमानस्थलबाट उडान सुरु गरिएको छ । 

तर, विराटनगर विमानस्थलबाट रात्रिकालिन उडान हुने वा नहुने भन्ने अहिलेसम्म निश्चित भएको छैन ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १०:४०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया