वीरगञ्ज भन्सारले गर्याे लक्ष्यभन्दा बढी राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा करिब दोब्बर राजस्व संकलन गरेका छ।

पछिल्लो तीन वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल हुँदै आएकाे कार्यालयले चालू आर्थिक वर्षको सुरुको महिनादेखि लक्ष्यभन्दा बढी राजस्व संकलन गरेकाे हाे । 

कोरोना महामारीमा देशको मुख्य नाका वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा अप्रत्याशित गिरावट आएको थियो ।  भन्सार कार्यालयले चालू तीन महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । 

भन्सार विभागले चालू आर्थिक वर्षको साउनका लागि वीरगञ्ज भन्सारलाई १६ अर्ब ७५ करोड १ लाख ९७ हजार लक्ष्य दिएको थियो । जसमा भन्सारले चालू आर्थिक वर्षको साउनमा २० अर्ब ५१ करोड ६१ लाख ५७ हजार राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएकाे छ ।

कार्यालयले साउन र भदौमा पनि लक्ष्य पूरा गरेको छ । भदौमा १५ अर्ब ७० करोड ९४ लाख ३४ हजार लक्ष्य दिएको थियाे । जसमा  १७ अर्ब ७० करोड ५७ लाख ४६ हजार राजस्व संकलन गरेको छ । यस्तै भन्सार विभागले चालू आर्थिक वर्षको साउनका लागि भन्सारलाई ११ अर्ब ८२ करोड ७५ लाख ५ हजार लक्ष्य दिएको थियो । जसमा भन्सारले चालू आर्थिक वर्षको साउनमा १४ अर्ब ८४ करोड ५८ लाख २८ हजार राजस्व संकलन गर्न सफल भयाे । 

कोरोना संकटका कारण विभागले गत आर्थिक वर्षमा लक्ष्य नै कम दिएकाे थियाे । तर, त्यही कम लक्ष्य पनि पूरा गर्न कार्यलय सक्षम हुन सकेन । चालू आर्थिक वर्षमा भन्सार विभागले लक्ष्य नै बढाएर दिएकाेमा राजस्व संकलन पनि बढेकाे छ ।



वीरगञ्ज भएर विभिन्न मालवस्तुको आयात बढेकाले भन्सार कार्यालयको राजस्व लक्ष्यको तुलनामा बढी संकलन भएकाे हाे । वीरगञ्ज भन्सार भएर विभिन्न किसिमका कार, जिप भ्यानजस्ता गाडी, अन्य सवारी साधन, इन्धन, औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री, प्लास्टिकका सामान, औषधि र खाद्यान्नजस्ता वस्तुको आयात उल्लेखनीय छ ।



  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १४:४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया