मोहम्मद सलाहले आफ्नो खेल जीवन इंग्लिस क्लब लिभरपुलबाटै अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन्।
स्काई स्पोर्ट्ससँगको कुराकानीका क्रममा सलाहले आफू खेल जीवनभर लिभरपुलमै बस्न चाहेको बताएका हुन् ।
उनले भने, ‘अहिले म आफूलाई लिभरपुलविरुद्ध खेलेको देख्न सक्दिनँ । यो गाह्रो छ । यस बारेमा कुरा गर्न पनि चाहन्न । यसले मलाई साँच्चै दुखी तुल्याउँछ ।’
‘यो मेरो हातमा छैन । तर, तपाईंले सोध्नु हुन्छ भने म अन्तिम दिनसम्म पनि यहीं बस्न चाहन्छु’, उनले थपे,‘ यो क्लबले के चाहन्छ त्यसमा निर्भर रहन्छ ।’
इजिप्टका २९ वर्षीय फरवार्डले क्लबका लागि २१४ खेलमा १३७ गोल गरेका छन् । उनी २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल आएका थिए ।
लिभरपुलसँग सलाहको सम्झौता आगामी सिजन सकिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।