\
टी-२० विश्वकपमा आइतबार भारत र पाकिस्तानबीच खेल हुँदैछ । यो खेलका लागि पाकिस्तानले आफ्नो टिमको घोषणा गरेको छ ।
बाबर आजमको कप्तानीमा अब पाकिस्तानी १२ खेलाडीको नाम आज सार्वजनिक भएको हो ।
टिममा मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, इमाद वसिम, शादाब खान, शाहिन अफ्रिदी, हसन अली, हैदर अली, हरिस राैफ, हैदर अली रहने पाकिस्तानी टिमले जनाएको छ ।
विश्वकप टी-२० २०२१ को सुपर १२ राउन्डमा दुवै टिमका लागि यो पहिलो खेल हुनेछ । अहिलेसम्म यी दुई टिमबीच टी-२० का खेल पाँच पटक भएको छ । र, पाँचै पटक भारतले जित निकालेको छ ।
पाकिस्तानविरुद्ध भारतका कप्तान विराट कोहलीको नेतृत्वमा टिम बनाइएको छ । कोहलीले यो टी-२० विश्वकप पछि आफूले कप्तानी छोड्ने घोषणा गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।