गत २४ घण्टामा देशभर ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार ९ सय ३१ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १० हजार ५५९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ८१७ जना निको भएका छन् । कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।