नेपाल निजामती कर्मचारी संगठन पर्साको बृहत् भेला सम्पन्न

नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन पर्साको आयोजनामा शनिबार वीरगन्जमा बृहत् कार्यकर्ता भेला एवं अन्य संगठनबाट प्रवेश कार्यक्रम सम्पन्न भएको छ । 

संगठनका जिल्ला संयोजक चन्द्रदेव चौधरीको अध्यक्षता एवं नेपाल निजामती कर्मचारी संगठनका सहसंयोजक लेखनाथ कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले निजामती कर्मचारीविरुद्ध आउने ऐन कानुनलाई कार्यन्वयन गर्न नदिने बताए । निजामती कर्मचारीको हकहितका लागि संगठन सदैव काम गर्न तत्पर रहनेमा उनले जोड दिए। 

सो अवसरमा अन्य संगठनबाट एमाले निकट कर्मचारी संगठनमा समाहित भएका कर्मचारीलाई प्रमुख अतिथि कोइरालालगायत अतिथिले फूलमाला र अबिर–टीका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले पर्सा अध्यक्ष प्रभु हजरा, संविधानसभा सदस्य प्रद्युम्न चौहान, केन्द्रीय प्रवक्ता प्रभा साह, कालिकामाई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पवन तिवारी, संगठनका प्रदेश २ का अध्यक्ष गौतम पोखरेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलगायतले मन्तव्य राखेका थिए । 

सन्तोष साहले सहजीकरण गरेको उक्त कार्यक्रम वीरगन्जको होटल रोयल प्यालेसमा सम्पन्न भएको हो । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १७:४२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया