प्रदेश २ का सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताएका छन् । 

ढल्केवरमा जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले प्रदेशको भू–वनोट, विद्युतीय सुविधा र उत्पादित सामानलाई बजारसम्म ढुवानी गर्न सजिलो हुनाले उद्योगका लागि उर्वरभूमि भएको प्रष्ट पारे । 

मुख्यमन्त्री राउतले प्रदेश सरकारले उद्योगीलाई सहयोग हुने गरी ऐन कानुन निर्माण गर्नेदेखि आवश्यक पर्ने वातावरण तयार गर्न प्रतिबद्ध रहेको बताए । 

उनले अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने खालका उद्योग कलकारखाना स्थापना गर्न उद्योगीलाई आग्रह गर्दै उहाँले अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश सरकारले योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रदेशमा अटोमोबाइल एसेम्बलिङ उद्योग स्थापना गर्न आग्रह गर्दै प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेकाले उद्योग सञ्चालन गर्न आग्रह गरेका हुन् । उनले भने, ‘तपाईंहरू उद्योग सञ्चालनको तयारी थाल्नुहोस्, वातावरण निर्माण गर्ने जिम्मा हाम्रो छ, थप ऐन कानुन चाहिए सुझाव दिनुहोस्, हामी ल्याउँछौँ ।’

मुलुकको आर्थिक समृद्धि एव रोजगारीका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अटोमोबाइल क्षेत्रप्रति केन्द्रीय सरकारको धारणा सकारात्मक नहुनु दुःखद् रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारका तर्फबाट हुनसक्ने सम्पूर्ण वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।​



बिलासिताभन्दा पनि उपयोग वस्तुका रूपमा परिणत हुँदै गएको अटोमोबाइल क्षेत्रको भविष्य उज्ज्वल रहेको र मुलुकको आर्थिक समृद्धिमा नाडाले खेलेको भूमिका महत्वपूर्ण रहेको उनले भनाइ छ ।  



  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १८:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया