त्रिविले आफ्नो वेबसाइटबाट हटायो 'दुलही खोज्ने तरिका'
फरकधार / ६ कात्तिक, २०७८

त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागले ‘दुलही खोज्ने तरिका’ सिकाउने सामग्री आफ्नो वेबसाइटबाट हटाएको छ।



केही दिनअघि मनोविज्ञान केन्द्रीय विभागले आफ्नाे वेबसाइटमा ‘द लिटिल–नन सेक्रेट्स हाउ टु फाइन्ड अ ब्राइड’ शीर्षकको सामग्री राखेको थियो । विभागले लापरबाहीपूर्वक असान्दर्भिक सूचना राखिएको स्वीकार गर्दै वेबसाइटबाट सो सामग्री हटाएको हो।

अहिले सो वेबसाइट खोल्दा यो साइट मर्मतका लागि अवरुद्ध गरिएको छ (दिस साइट इज डाउन फर मेन्टनेन्स) भन्ने सूचना देखिन्छ।



  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १८:४६:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया