प्रदेश नं २ उद्योग स्थापनाका लागि उर्वरभूमि : मुख्यमन्त्री राउत
फरकधार / ६ कात्तिक, २०७८
यो सामग्री सेयर गर्नुहोस्

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो प्रदेश उद्योगका लागि उर्वरभूमि भएको दाबी गरेका छन् । 



ढल्केवरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको भू–बनोट, विद्युतीय सुविधा र उत्पादित सामानलाई बजारसम्म ढुवानी गर्न सजिलो हुनाले प्रदेश २ का सबै जिल्ला उद्योगका लागि उर्वरभूमि भएको बताए । 



मुख्यमन्त्री राउतले अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने खालका उद्योग कलकारखाना स्थापना गर्न उद्योगीलाई आग्रह गर्दै अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश सरकारले योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उद्योगीलाई सहयोग हुने गरी ऐन–कानुन निर्माण गर्नेदेखि आवश्यक पर्ने वातावरण तयार गर्न आफू प्रतिबद्ध रहेको उनले बताए ।



लगानीकर्तालाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण बनाउन नसक्नु राज्यका लागि दुर्भाग्यको कुरा रहेको जनाउँदै उनले भने, ‘ऐन, नियम तथा कानुन बनाउँदा उद्योगी व्यवसायीसँग राय तथा सल्लाह सुझाब लिएर प्रदेशभित्र लगानीमैत्री वातावरण बनाएर निजी क्षेत्रलाई आकर्षित गर्ने गर्छौं ।’







  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १९:१५:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया