प्रिमियर लिग : चेल्सीको जितमा माउन्टको ह्याट्रिक

इंग्लिस प्रिमियर लिगमा चेल्सीले शनिबार राति शानदार जित हात पारेको छ । उसले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा १० खेलाडीमा सीमित नर्विच सिटीलाई ७–० ले हराएको हो ।

चेल्सीको सहज जितमा मेसन माउन्टले ह्याट्रिक पूरा गर्दा कलुम हड्सन ओडोई, रिस जेम्स र वेन चिलवेले एक/एक गोल गरे । चेल्सीलाई एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो ।

खेलको आठौँ मिनेटमा माउन्टले जर्जिन्होको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

१८ औँ मिनेटमा माटियो कोभासिसको पासलाई सदुपयोग गर्दै ओडोईले टोलीको अग्रता दोब्बर बनाए । ४२औँ माउन्टको पासमा जेम्सले गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–० को आरामदयी अग्रता लिएको थियो । 

५७ औँ मिनेटमा चिलवेलले टोलीका लागि चौथो गोल गरे । उनले कोभासिसको पासलाई सदुपयो गरेका थिए ।

म्याक्सिमिलीयन आरोनले ६२औँ मिनेटमा आत्मघाती गोल गरे । ६४औँ मिनेटमा नर्विच १० खेलाडीमा सिमित बन्यो । बेन गिब्सनले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडे । 



८५औँ मिनेटमा पेनाल्टीमार्फत र थप गरिएको समयमा गोल गर्दै माउन्टले आफ्नो ह्याट्रिक पूरा गरेपछि चेल्सीले सहज जित हात पारेको हो । 

जितसँगै चेल्सी ९ खेलमा २२ अंक जोड्दै शीर्ष स्थानमा कायम रहँदा समान खेलबाट २ अंकका साथ नर्विच अन्तिम स्थानमा छ । 



  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १९:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया