सामान्य बदली रही विभिन्न प्रदेशमा वर्षाकाे सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल  देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का/फाटफुट वर्षा भइरहेको छ ।

आज (आइतबार)दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै प्रदेशका थोरै-थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती र प्रदेश १ का थोरै स्थानमा तथा बाँकी  प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार ६:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया