प्रिमियर लिग : ब्राइटनमाथि म्यानचेस्टर सिटीको सहज जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । उसले शनिबार राति भएको खेलमा घरेलु टोली ब्राइटनलाई ४-१ ले पराजित गरेको हो ।

सिटीको जितमा फिल फोडेनले दुई तथा इल्के गुन्डोगन र रियाद महरेजले एक-एक गोल गरे । ब्राइटनका एलेक्सिस म्याक एलिस्टरले एक गोल फर्काए ।

खेलको १३औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । २८औं मिनेटमा फोडेनले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

३१औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमा ३-० को आरामदायी अग्रता लियो ।

८१ औं मिनेटमा ब्राइटनका एलिस्टरले पेनाल्टीबाट एक गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए । थप गरिएको समयमा महरेजले गोल गर्दै सिटीलाई सहज जित दिलाए ।

यो जितसँगै सिटी ९ खेलमा २० अंक जोडदै दोस्रो स्थानमा उक्लिँदा समान खेलबाट ब्राइटन १५ अंकका साथ चौंथो स्थानमा छ ।



लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा वाट्फोर्डले एभर्टनमाथि ५-२ को सहज जित हात पार्दा साथह्यामटन र बर्नेली २-२ को बराबरीमा रोकिए ।

क्रिस्टल प्यालेसले न्युकासल युनाइटेड तथा लिड्स युनाइटेडले उल्फ्ससँग समान १-१ को बराबरी खेले । 
 



  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार ७:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया