समिक्षा भन्छिन्- मेरो चरित्र हत्या भयो

यतिबेला अभिनेता पल शाह र गायिका समिक्षा अधिकारी चर्चाको केन्द्रमा छन् । एक-अर्काको प्रेमको चर्चाबाट सुरु भएको उनीरूको सम्बन्ध बिस्तारै गसिपको केन्द्र बन्न पुगेको छ ।

पल र समिक्षाले केही म्युजिक भिडियोमा सँगै काम गरे । समिक्षाले गाएका थुप्रै गीतमा पलले अभिनय गरे । पलले गरिरहेको सामाजिक कार्यमा समिक्षाले हैसे गरिन् । पलसँगै सामाजिक अभियानका थुप्रै स्थानमा समिक्षा साथमै देखिइन् ।

थुप्रै टिकटक भिडियोमा युगल जोडीका रूपमा प्रस्तुत भए । आफ्नो निकटता प्रस्तुत गरे । मिडियाकर्मीले समिक्षालाई प्रश्न गरे, ‘पलसँगको सम्बन्ध के हो ?’ उनले आफू पलको ठूलो फ्यान भएको बताइन् । फ्यान र स्टारकोभन्दा माथि उनीहरूको प्रेमको चर्चा भयो । उनीहरू मौन रहे ।

अहिले आएर पल र समिक्षाको सम्बन्धलाई अनैतिक सम्बन्धका रूपमा चर्चा सुरु भएकाे छ । विभिन्न कारणले उनीहरूको सम्बन्धमा दरार आएको र उक्त दरारले ठूलै हलचल ल्याएको बताइन्छ । पल र समिक्षाको सम्बन्धलाई लिएर भनाभनसमेत भएको हल्ला छ । समिक्षाले पललाई आफूसँग रहेको फोटो भिडियो सार्वजनिक गरिदिने धम्की दिएकोसमेत खबर सार्वजनिक भयाे ।

यति मात्रै होइन, उक्त घटनालाई ढाकछोप गर्न ठूलो धनराशिको चलखेल भएको समेत सामाजिक सञ्जालमा भेटिन थालेको छ । पल र समिक्षाको सम्बन्धलाई लिएर प्रकाश सुवेदीले उनको टेलिभिजन कार्यक्रमका लागि बनाएको भिडियो रिपोर्ट पनि पैसा खाएर प्रसारण नगरेको सूचना चुहिएपछि उनले सोही कार्यक्रममा पल र समिक्षा दुबैले यो विषयमा बोल्न नचाहेको खबर सार्वजनिक गरे ।

यसपछि पनि पल भने मौन नै देखिएका छन् । समिक्षाले फेसबुकमा लामो स्टाटस लेख्दै सम्बन्धको स्पष्टीकरण दिएकी छन् । उनले आफू पलको ठूलो फ्यान भएको र बजारको हल्लाजस्तो आफ्नो सम्बन्ध नरहेको उल्लेख गरेकी छन् । उनले हल्लाको पछि नलाग्न दर्शक, स्रोतालाई आग्रह पनि गरेकी छन् ।



उनी लेख्छिन्, ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाहसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार आएका छन । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरू मिडियामा आएका छन् । जसले मेरो चरित्र हत्या  भएको छ । यसका साथ साथै पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचार गरिरहेका छन् । यसो नगर्नुहुन अनुरोध गर्दछु । बिना स्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रूपमा निकै नै असर पुर्‍याएकाे छ । यस  कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौं ।’

‘एउटै इन्डस्ट्रिजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ । म उहाँको सदैव फ्यान पनि हुँ । हामीबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेको छौं । हजुरहरूको माया रहेसम्म सधैं राम्रो काम गरिरहने छौं । राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरूले पनि यसरी मानहानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु । मैले यो अपेक्षा गरेको थिइनँ’, उनी थप्छिन् ।
 



  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार ८:५९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया