पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान इन्जमाम उल हकले आज हुने भारत र पाकिस्तानको खेलको विषयमा आफ्ना अभिव्यक्ति दिएका छन् । उनले पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजम धेरै अर्थमा भारतीय टिमका कप्तान विराट कोहलीभन्दा राम्रो भएको पनि बताएका छन् ।
बाबर आजमले आगामि दिनमा क्रिकेटका धेरै रेकर्ड आफ्नो नाममा गर्न सक्ने पनि उनले बताएका छन् ।
टी २० विश्वकपमा भारत र पाकिस्तानबीचको खेलभन्दा अगाडि टिभीलाई अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् ।
बाबरले कम उमेरमा नै राम्रो क्रिकेट खेलेको उनको प्रतिक्रिया थियो ।
उनले यो खेलमा कप्तानीका रुपमा अन्तिम टुर्नामेन्ट भएकाले विराट कोहली बढी दबाबमा हुने पनि बताएका छन् । तर, भारत र पाकिस्तानको खेल भएकाले दुवै खेलाडी उत्तिकै दबाबमा हुने उनको तर्क छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।