मेयर कप भेट्रान्स फुटबल : खुमलटारको विजयी सुरुवात

एफई खुमलटार भेट्रान्स क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

खुमलटारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ललितपुर-१४ लाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

खुमलटारको जितमा जुमानु राईले दुई, राजकुमार घिसिङ र रितेश खड्काले एक-एक गोल गरे । ललितपुरका लागि खुमलटारकै विनोद खड्कीले एक आत्मघाती गोल गरे ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

२१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।



त्यस्तै विधागत रूपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  
 



  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १२:४८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया