अमेरिकाले दिने १ लाख डोज फाइजर खोप भोलि नेपाल आइपुग्ने

अमेरिकाले दिन लागेको एक लाख डोज फाइजर खोप भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ। 

अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई एक लाख ६२० डोज फाइजर खोप दिएको छ । उक्त खोप भोलि नेपाल आइपुग्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकाले उपलब्ध गराएको उक्त खोप कसलाई लगाइने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागेको छैन । माइनस ७० डिग्रीमा भण्डारण गर्नु्पर्ने उक्त खोप राख्नको लागि यसअघि युनिसेफले ४ वटा फ्रिजर उपलब्ध गराएको थियो । १०० लिटर क्षमताको चार वटा फ्रिजरमा राखेर सोही आधारमा खोप वितरण गरिनेछ । त्यसका लागि अहिले छलफल भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
 
अमेरिकाले यसअघि १५ लाख ३४ हजार ८५० डोज जोनसन एण्ड जोनसन खोप उपलब्ध गराएको थियो । 

नेपालले ६० लाख डोज फाइजर खोप किन्नको लागि सम्झौता गरेको छ । फाइजर कम्पनीसँग खोप खरिदका लागि सम्झौता भइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १२:५४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया