‘परदेशी आयो’मा भावुक विपिन कार्की

अभिनेता विपिन कार्की अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केतन क्षेत्रीले गाएको गीत ‘परदेशी आयो’मा  विपिनको अभिनय देख्न सकिन्छ ।

चलचित्रमा निकै रुचाइएका कार्की निकै कम मात्रामा म्युजिक भिडियोमा देखिन्छन् । सार्वजनिक म्युजिक भिडियो पनि आफूलाई गीतको स्टोरीले तानेर अभिनय गरेको विपिनले बताएका छन् ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा अर्थोपार्जनका लागि देश छोडेर हिँडेको युवाको कथा प्रस्तुत गरिएको छ । देवेन्द्र नेपालले निर्देशन गरेको भिडियोमा कविता न्यौपाने, सुरवीर पण्डित र शर्मिला शर्माले अभिनयमा विपिनलाई साथ दिएका छन् ।

प्रकाश सापकोटाले लेखेको गीतमा सुभाष भुसालले संगीत भरेका हुन् । गीतमा उदय पौडेलको संगीत संयोजन सुन्न सकिन्छ । दिपेश उपाध्याय र दिप्सन ढंगोलको छायांकन रहेको गीतको म्युजिक भिडियो विकास दाहालले सम्पादन गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १५:३६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया