आज ५५७ जनामा कोरोना पुष्टि, तीन संक्रमितको मृत्यु

गत २४ घण्टामा देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साढे ७ हजारमा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८७७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १० हजार २०१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज कोरोनाबाट तीन संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ ।
 





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १७:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया