प्रधानन्यायाधीशलाई नेपाल बारको सुझाब : आवश्यक परे पदत्याग गर्न सक्नुपर्छ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र न्यायलयको सुधारका लागि आवश्यक परे आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने बताएका छन् । आइतबार सर्वोच्च अदालतमा भएको प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरासँगको छलफलमा अध्यक्ष श्रेष्ठले स्वतन्त्र न्यायलयको सुधारका लागि आवश्यक परे आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने बताएका हुन् । 

न्यायपालिकामा विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता र बिचौलियालाई रोक्ने प्रसंगमा प्रधानन्यायधीश राणाको राजीनामाको कुरा आएको बताउँदै न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन आवश्यक परे प्रधानन्यायधीशले छोड्नुपर्ने बताए । उनले न्यायालयलाई निष्पक्ष बनाउन बारले आन्दोलन गर्नुपर्ने हुनसक्ने बताउँदै उनले कुनै एक व्यक्तिले संस्थालाई मजबुत बनाउन त्याग गर्नुपर्न सक्ने बताए । 

अध्यक्ष श्रेष्ठले न्यायालयमा सुधार गर्न नसके र नेतृत्व लिन नसक्ने हो भने नेतृत्व छोड्न तयार रहनुपर्ने पनि बताए । अध्यक्ष श्रेष्ठले भने, ‘न्यायपालिकामा विसंगति, विकृति, बिचौलिया, अनियमितता हुनुहुँदैन, त्यो रोक्नका लागि राजीनामाको कुरा आएको हो, प्रधानन्यायाधीशले छोड्नु पनि पर्न सक्छ ।’ 

नेपाल बारको प्रमुख ध्येय भनेको न्यायपालिकालाई राम्रो बनाउने भएकाले राजीनामा त्यसको एउटा साधन हुनसक्ने बताए । उनले भने, ‘साध्य होइन, राजीनामा दिएर समस्या समाधान हुने स्थिति भए त्यो ठाउँ पनि जानुपर्छ ।’ 

छलफलमा नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश सच्चिनुपर्ने बताए । उनले प्रधानन्याधीशले सरकारमा भाग खोजेर आफन्तलाई मन्त्री नियुक्त गरेको कुरा अस्वीकार गरेको भन्दै यसबारे सोमबार बस्ने फुलकोर्टमा छलफल गरिने बताए । 

महासचिव पौडेलले प्रधानन्याधीशमाथि नेपाल बार एसोसिएसनले प्रतिवेदन कार्यान्वयनमा रुचि नदिएको, कार्यपालिकामा भाग खोजेको, संवैधानिक इजलासका विषयमा उचित ध्यान नदिएकोलगायतका कुरा बारले पहिल्यै उठाइसकेको बताए । 



महासचिव पौडेलले पहिलाका खराबीलाई सुधार गर्नको लागि प्रधानन्याधीशलाई सोधेको र प्रधान्यायाधीश राणाले सकारात्मक प्रतिक्रिया दिएको बताए । 



  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १७:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया