पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
उनले एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने विषयमा सहमति गरिसकेको एमालेका एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
खनाल पार्टी प्रवेश गर्न तयार भइसकेको र चाँडै नै एक कार्यक्रम गरेर उनलाई पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको उनले बताए ।
सम्भवतः कात्तिकको ९ गते हुने एमालेको पालिका अधिवेशनपछि खनाल एमालेमा प्रवेश गर्नेछन् । एमालेले कात्तिक ९ मा ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।