२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

कूटनीतिको ‘क’ नजान्नेहरू राजदूत भएको देख्दा दुःख लाग्छ : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामु पुर्‍याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औंल्याएका हुन् । 



संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा कूटनीतिको ‘क’ पनि नजान्नेहरू राजदूत भएर विभिन्न देश गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताए ।

रावलले देशको पहिचान मेटाएर आफ्नो पहिचान भेटाउने प्रयास नगर्न पनि कूटनीतिज्ञहरूलाई सचेत गराए । ‘मैले यस्तो राजदूत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन । कूटनीतिको ‘क’ आउँदैन । मेरो देश नेपाल हो । यो नेपालको हितमा हुनुपर्छ भनेर बोल्न सक्दैन । ऊ नै राजदूत बनेर जाने गरेको छ,’ उनले भने ।



रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव दिए । उनले आफूले रक्षामन्त्री हुँदा त्यसको पहल गरे पनि समय अभावमा कारण काम गर्न नसकिएको स्पष्ट पारे ।



  • प्रकाशित मिति : ७ कात्तिक, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया