टी २० विश्वकप अन्तर्गत भइरहेको खेलमा भारतले पाकिस्तानविरुद्ध निकै कमजोर सुरुवात गरेको छ ।
भारतले पाँच ओभर पूरा नहुँदै ३ विकेट गुमाएको छ ।
हसन अलीले आफ्नो पहिलो ओभरको चौथो बलमा सूर्यकुमार यादवलाई क्याच आउट गराएका छन् । उनले ८ बलमा ११ रन प्रहार गरेका थिए ।
यसअघि केएल राहुल र रोहित शर्मा पनि आउट भइसकेका छन् । अहिले क्रिजमा भारतीय कप्तान विराट कोहली रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।